www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।

प्रतिनिधि सभाको विशेष अधिवेशनमा सोमबार भएको मतविभाजनमा प्रधानमन्त्रीको विश्वासको पक्षमा ९३ मतमात्रै परेको छ । विपक्षमा १२४ मत रहेको छ । तटस्थ मत १५ रहेको छ । मतविभाजनमा २३२ सांसद उपस्थित थिए।

Batas

संविधानको धारा १०० (१) बमोजिम प्रतिनिधि सभामा विश्वासको मतको परीक्षण गरेका थिए । संविधानअनुसार प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.