www.tandavnews.com
Fact ~ In search of truth

उमादेवीले रुँदै भनिन्, ‘मेरो श्रीमानलाई बचाइदिनुस्’

पोखरा
ताण्डव न्युज ।
पोखरा २९ लेखनाथ पट्नेरीका रबिन्द्र सुबेदीको दुबै मृगौलाले काम छोडेको तीन वर्ष पुरा भइसक्यो । नेपालकै विभिन्न अस्पताल र भारतका विभिन्न अस्पतालहरु धाउँदा धाउँदा बल्लतल्ल रोग पत्ता लगाएका रबिन्द्र अहिले पटक पटक मर्दै बाँच्दै छन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा हप्तामै दुई पटक डाइलोसिस भइरहेको छ ।

यस्तो गर्न थालेको पनि तीन वर्ष पुरै भइसक्यो । उनकी श्रीमतीको हिम्मतले उनको अहिले सम्म औषधी उपचार गर्न सम्भव भएको छ । तर, अहिले रबिन्द्रकी श्रीमती उमादेवीले पनि हार खाइसकेकी छन् । ‘पहिले त गरिहाल्छु भन्ने लाग्थ्यो,’ ताण्डव समाचार कक्षमा भक्कानीँदै उनले भनिन्, ‘अब मैले सक्दिन जस्तो लागेको छ । भएको पैसा, सम्पत्ती सबै सकियो । अर्काको खेतीपाती गरेर, दुध बेचेर कमाएको पैसाले अहिलेसम्म बचाएँ । अब मेरो केहि सीप लाग्दैन जस्तो छ ।’

उमादेवीले दशहात नंग्रा खियाएरै भएनी अहिले सम्म १२ लाख रुपैयाँ खर्च गरिसकेकी छन् । पहिले रबिन्द्रले पनि ड्राइभिङ गर्थे र उमादेवीले पनि विभिन्न ज्याला मजदुरी गर्थिन अनि जहान परिवार पाल्न सहज भएको थियो । रबिन्द्र र उमाका तीन सन्तान छन् । अहिले कमाउने उनै एक्ली उमादेवी छन् । रबिन्द्रलाई महिनाको दुई पटक अस्पताल भर्ना गर्नुपर्छ ।

Batas

कति समय त उमादेवीले रातारात ट्याक्सीमा अस्पताल कुदाएकी पनि छन् । ४० वर्षे रबिन्द्रलाई बचाइदिन उमादेवीले सहयोगी मन भएकाहरुलाई आग्रह पनि गरिन् । ‘मैले अब बचाउन सक्दिन जस्तो लागेको छ,’ उनले रुँदै भनिन्, ‘मृगौला फेर्न पाए उहाँ बाँच्नु हुन्छ । सधैँ डाइलोसीस गरेर कति दिन सास धान्न सकुँला र । हामी दुखीलाई कसैले सहयोग गरेर बचाइदिनुस हजुर ।’

सहयोग गर्न चाहनेहरुले ताण्डव न्युज अथवा उमादेवीको फोन नम्बर ९८०६५८८६११ मा सम्पर्क गर्न सक्नुहुनेछ ।   

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.