www.tandavnews.com
Fact ~ In search of truth

संक्रमितको मृत्यु बढेसंगै शव व्यवस्थापनमा समस्या, शवगृहमा शव अटाएनन

बुटवल,

ताण्डव न्यूज ।

कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेपछि बुटबलमा शव व्यवस्थापनमा कठिनाई पर्न थालेको छ ।
जिल्लाका विभिन्न अस्पतालमा दैनिक रूपमा मृत्यु हुनेको संख्या बढेसँगै शव व्यवस्थापनमा समस्या आएको हो ।

Batas

दैनिक १२÷१४ जनाको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा गाह्रो भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । संक्रमण पछि मृत्यु भएकाको शव आफन्तले दाहसंस्कार गर्न नपाउने भएपछि यसको व्यवस्थापनमा प्रहरी र आर्मीलाई भ्याइनभ्याइ भएको उनको भनाई थियो ।

अहिलेसम्म जसोतसो व्यवस्थापन गरिएपनि यो भन्दा संख्या बढेमा समस्या आउने प्रजिअ तामाङ बताउँछन् । लुम्बिनी प्रदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पनि मृतक बढेसँगै शव व्यवस्थापनमा समस्या भएको पुष्टि गरे । ४÷५ दिनका पनि पनि शव अस्पतालमै रहने अवस्था आएको र शवगृह नै भरिने अवस्था आईसकेको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.