www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाःकोरोना परीक्षण गाउँमै

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नगरपालिकाभित्र द्रूत गतिमा फैलिरहेको छ’, नगरप्रमुख खाँणले भने, ‘संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा रहेका नागरिकमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नाका साथै आवश्यक औषधि दिने गरिएको छ ।’

Batas

नगरपालिकाका विभिन्न गाउँमा विवाह, व्रतबन्ध, चौरासी पूजामा सहभागी भएकामा संक्रमण बढी फैलिएको उनले बताए । ‘गाउँगाउँबाट लक्षण देखिएपछि केही व्यक्ति गह्रौँ प्राथमिक अस्पतालमा आएर एन्टिजिन विधिबाट स्वाबको परीक्षण गराउछन’, उनले भने, ‘उहाँहरुमा संक्रमण पुष्टि भएमा स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गर्ने र आवश्यक औषधि सोही ठाउँमा उपलब्ध गराउँदै आएका छौँ ।’

होम आइसोलेशनमा बस्दा पालना गर्नुपर्ने नियमबारे संक्रमितलाई जानकारी गराउने गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । ‘हामीले स्वाब परीक्षण गरेपछि संक्रमण देखिएकालाई औषधि दिएर होम आइसोलेशनमा बसाल्छौँ’, उनले भने, ‘औषधि खाँदाखाँदै पनि श्वास फेर्न गाह्रो हुने लगायतका कुनै पनि थप समस्या देखिएमा हामीले तत्काल एम्बुलेन्समार्फत अस्पतालमा ल्याएर उपचार गर्छौं ।’

नगरपालिकाले वालिङस्थित प्राथमिक अस्पतालमा अक्सिजनसहितको सुविधासम्पन्न ३५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याएको उनले बताए । ‘विवाह, पूजालगायत कार्य तथा विदेशबाट आएकामध्ये धेरैजसो अहिले आ–आफ्नै घरमा बस्नुभएको छ भने केही संघसंस्था तथा विद्यालयमा बसेका छन।’, उनले भने, ‘संक्रमितहरुलाई घर–घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र औषधि वितरण गर्ने कार्यमा नगरप्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि पनि सँगसँगै जाँदा सङ्क्रमितमा उत्साह थपिएको महसुस गरेका छौँ ।’

नगरपालिकाले होम आइसोलेशनमा रहेका नागरिकलाई टिपिओ नेपालको सहयोगमा दैनिक मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.