www.tandavnews.com
Fact ~ In search of truth

चितवन:कोरोनाका कारण एघारको मृत्यु

चितवन ।

जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

Batas

यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै वैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राति ७ः५५ बजे मृत्यु भएको हो ।

यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमण पुष्टिपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ः२० बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्या भई वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः१० बजे मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई वैशाख २४ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः०० बजे मृत्यु भएको हो ।

यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २४ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनमा २५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

कपिलवस्तुका कोरोना संक्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । संक्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई यही जेठ २ गते अस्पताल भर्ना भएका उनको आइतबार राति ८ः३० बजे मृत्यु भएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् ।संक्रमण पुष्टिपछि क्यान्सरको समस्या भई आइतबार अस्पताल भर्ना भएका उनको राति १२ः३० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सरको समस्या भई अस्पताल आएका उनमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ७ः३० बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको सोही दिन संक्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः४५ वजे मृत्यु भएको हो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.