www.tandavnews.com
Fact ~ In search of truth

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाडौँ ।

नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरेको बताए ।

Batas

उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भावका लागि आह्वान गर्ने निर्णयसमेत गरिएकोे जानकारी दिए ।

आजको बैठकले कार्यदलका कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णयसमेत गरेको छ ।

नेता ज्ञवालीले राष्ट्रियसभाको आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रामबहादुर थापालाई पार्टीले मतदान गर्ने निर्णयसमेत गरिएको जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.