www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ५६७ संक्रमित निको भए, ६८८ मा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ५ सय ६७ जना संक्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार आज ६८८ जनामा संक्रमण पुष्टि हुदाँ ५७६ जना सन्चो भएका हुन् । पछिल्लो २४ घण्टामा निको भएकाको यो संख्यासँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९ सय ६५ पुगेको छ । भने कुल संक्रमित संख्या ३० हजार ६ सय ८८ रहेको छ ।

Batas

आज कास्कीमा १७६ संक्रमित थपिए ।यस्तै मुस्ताङका १०, मनाङका १३, म्याग्दीका ६८,पर्वतका२२, गोरखाका १२९, लमजुङका७,तनहुँका ५६,बागलुङका ७०,स्याङ्जाका ९ र नवलपरासी पूर्वका १२८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ ।

हाल प्रदेशमा ९ हजार २ सय ७१ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९ हजार ११ जना होम आइसोलेसनमा छन् ।

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.