www.tandavnews.com
Fact ~ In search of truth

साहित्यकार डा वानीरा गिरिको निधन

काठमाडौं ।

साहित्यकार डा.वानीरा गिरिको गए राति कोरोना संक्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।

त्रिमूर्ति निकेतनका आयोजनामा डा .गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो ।

Batas

विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएका थिए। उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिइन । नेपाली भाषासाहित्यमा विद्यावारिधि९गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२० उनी पहिलो नारी थिइन् ।

डा. गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रर्साइद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ ९२०७०० प्रकाशन भयो भने सोको अंग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेकी छिन् ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन। डा. गिरिका पति, एक छोरा र एक छोरी छन् । फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.