www.tandavnews.com
Fact ~ In search of truth

यास चक्रवातको आंशिक प्रभाव, वर्षा शुक्रबारसम्म जारी रहने

काठमाडौं/ ताण्डव न्यूज ।

हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिक प्रभाव छ । जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ ।

उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Batas

चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । आजदेखि वर्षा अझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने देखिएको महाशाखाले जनाएको छ ।

यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान भनेर मौसमविद्ले यसअघि नै पटकपटक विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.