www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : १७ को मृत्यु, १७३३ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना भाईरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका ४ जना, नवलपरासी पूर्वका ३ जना, पर्वतका २ जना, म्याग्दीका १ र तनहुँका १ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमणका कारण ५ सय ९४ जनाको जनाको मृत्यु भएको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा आज १ हजार ७ सय ३३ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । थपिने मध्ये कास्कीका सबैभन्दा धेरै छन् । आज कास्कीमा ४ सय ४५ जना संक्रमित थपिएका हुन् । त्यस्तै बाग्लुङमा ४१६, गोरखामा २१९, तनहुँमा १७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतमा ११९, नवलपरासी पूर्वमा १११, स्याङ्जामा १९५ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार म्याग्दीमा ९३, र लमजुङमा ६५ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितसंगै प्रदेशमा संक्रमितको संख्या ३९ हजार ६ सय ८७ पुगेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.