www.tandavnews.com
Fact ~ In search of truth

२० मिनेटको अँध्यारोले पाेखरामा ८ जनाको प्राण लग्यो, अक्सिजन नपाएरै बिते संक्रमित

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

कोरोना अस्पताल घोषणा गरिएको दोस्रो दिन बिहीबारको रात पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ६ जनाले ज्यान गुमाएका छन् भने शुक्रबार बिहानसम्म थप दुईको मृत्यु भएको छ । पश्चिमाञ्चल अस्पतालमा कोरोना संक्रमित बिरामीलाई उच्च स्केल (हाइफ्लो)मा अक्सिजन दिइरहेका बेला पोखरा अक्सिजन प्रालिमा २० मिनेट अँध्यारो भएपछि ६ बिरामीले ज्यान गुमाए ।

विद्युत आपुर्ति बन्द भएपछि प्रालिमा अक्सिजन उत्पादन अनियमित हुँदा पश्चिमाञ्चल अस्पतालमा रातभर कोलाहल मच्चियो । कोरोना अस्पताल बनाइएपनि आवश्यक अक्सिजन भण्डारण क्षमता नभएपछि बिरामी ज्यान गुमाउन बाध्य भए ।

Batas

‘बिरामीलाई हाइफ्लोमा अक्सिजन दिइरहेका थियौं तर प्लान्टमा २० मिनेट बिद्युत अफ भएपछि अस्पतालमा सप्लाई रोकियो’ अस्पतालका फोकलपर्सन डा. शरद बरालले भने ‘हामीसँग स्टक थिएन ।’ डा. बरालका अनुसार प्रतिमिनेट ५० लिटरको स्केलमा अक्सिजन दिइरहेका बिरामीलाई ४० मा झार्दा बचाउन गाह्रो भएको हो ।

निरन्तर आपुर्ति भइरहेकोबेला विद्युत्मा आएको समस्याले अस्पतालमा दुर्घटना हुन पुगेको बराल बताउँछन् । उनका अनुसार ४५ मिनेटमा २५ वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । उक्त संख्यामा उत्पादन भएको अक्सिजन पोखरामा रहेका सबै अस्पतालमा वितरण गर्दा अभाव भएको हो । अस्पतालमा दैनिक ३ सय सिलिण्डर अक्सिजन उपलब्ध गराइएको छ । बिरामीको संख्या बढेपछि स्टक राख्न सम्भव भएन ।

अस्पतालमा भर्ना भएका बिरामीहरुमा कोरोनासँगै अन्य रोगसमेत भएका कारणले हाइफ्लो अक्सिजन दिनु परेको उनले बताए । रातीको घटनाबाट अस्पताल थप जिम्मेवार भएको बताउँदै बरालले हाल अस्पतालमा ७ वटा अक्सिजन सिलिण्डर स्टकमा राखेको बताए ।

अस्पतालमा अहिले बिहानसम्म मृत्यु हुनेमा कास्कीका २, तनहुँका ३ र स्याङजा, पर्वत, म्याग्दीका १–१ बिरामी रहेका छन् । जसमध्ये एक सुत्केरी रहेकी छिन् ।

अक्सिजन प्लान्टमा पुनः विद्युत सेवा प्रवाह नभए के हुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘यस्तै समस्या नदोहोरिएला भन्न सकिँदैन ?’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.