www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा ९८४१ जना निको भए, ६९५१ जनामा संक्रमण पुष्टि

नेपालमा गत २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या झण्डै तीन हजार बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.