www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल अस्पतालको ओपिडी(बहिरङ्ग) सेवा जेठ २३ गतेदेखि सञ्चालनमा आउने

कास्की ।

सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए । यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् भने अन्य अस्पतालको ‘सिफारिस’ अस्पतालसमेत हो ।

Batas

अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्यले अस्पतालमा सञ्चालित बीमालगायत सबै ओेपिडी सेवा पूर्ववत् अवस्थामा सञ्चालन गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको थियो ।

पश्चिमाञ्चल अस्पतालमा हाल कोरोनाका बिरामीको उपचारका लागि ३५ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, छ भेन्टिलेटर र २५ वटा एचडीयू शय्या सञ्चालनमा छन् । अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.