www.tandavnews.com
Fact ~ In search of truth

लागेन लगाम : स्टाटस लेख्दै डिलिट गर्दै रविन्द्र मिश्र

पोखरा /ताण्डव न्यूज ।

चौतर्फी आलोचना पछि साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफूले गरेको पोष्ट डिलेट गरेका छन् ।

भेन्टीलेटरमा राखेर उपचार गराईरहेका विवेकशिल पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य र उनको राजनीति सम्बन्धमा गरेको मिश्रले गरेको ट्वीटले सर्वत्र आलोचना खेप्न थालेपछि उक्त पोष्ट हटाएका हुन् ।

Batas

पोष्ट हटाएको सम्बन्धमा मिश्रले गलत बुझाई भएको उल्लेख गरेका छन् । पोष्ट हटाएको बारे मिश्रले जानकारी दिएर लेखेको पोष्ट समेत अहिले उनको टाईमलाईनमा देखिँदैन । उनले गरेको पहिलो ट्वीटमा ‘उज्ज्वललाई अहिले नेपालीहरुले दिएको मायाँ भोटको रुपमा दिएको भए’ भन्ने आशय व्यक्त गरिएको छ । उनको यस भनाईप्रति सामाजिक सञ्जालहरुमा तीब्र आलोचना भएको थियो ।

उनलाई अधिकांशले ‘मानिसको मृत्युसँग भोटको राजनीति गरेको’ समेतका आरोपहरु लगाएका थिए । ती आरोप प्रत्यारोप पछि मिश्रले आफूले उक्त पोष्ट हटाएको भनेर फेसकुबमा अर्को स्ट्याटस लेखे । जसमा पनि धेरैले उनलाई गालीको वर्षा गर्न थालेपछि मिश्रले पछिल्लो पोष्ट पनि डिलिट् गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.