www.tandavnews.com
Fact ~ In search of truth

प्राकृतिक स्रोतहरूको अधिक दोहन भयो : राष्ट्रपति

काठमाण्डौँ
ताण्डव न्यूज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण संरक्षणका लागि आह्वान गरेकी छिन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिदैँ राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिएकी हुन् । उनले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गरेकी छिन् ।

Batas

प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणाली असन्तुलन उत्पन्न भएको बताउदैँ उनले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिएकी छिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.