www.tandavnews.com
Fact ~ In search of truth

महताेले भने, ‘मेराे अभिव्यक्ति बङ्ग्याइयाे’

काठमाण्डौँ।

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । गएराति विज्ञप्ति निकाल्दै मन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भ्रममा नरहन अनुरोध गरेका छन् ।

यसअघि उनले नेपाल बहुल राष्ट्र हुनुपर्नेमा जोड दिँदै यसका लागि मुक्ति आन्दोलन गर्ने चेतावनी दिएका खबर सार्वजनिक भएका थिए । आफूले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको उनको भनाइ छ ।

Batas

विज्ञप्तिामा संविधानमा रहेका असन्तुष्टी सम्बोधान गर्न संशोधनका लागि गठित कार्यदलमा आफ्ना धारणा राख्ने पनि महतोले उल्लेख गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.