www.tandavnews.com
Fact ~ In search of truth

सुरक्षा चुनौतीका कारण राउटे बस्ती सिल

सुर्खेत /ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्ती असुरक्षाका कारण देखाउँदै सिल गरेको छ ।

राउटे बस्तीमा पछिल्लो समय असुरक्षा बढ्दै गएपछि प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । बस्तीमा कसैलाई आउजाउ गर्न नदिनेगरी २२ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले बताए ।

Batas

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको उनले बताए ।

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ । त्यसैकारण हिजो बिहानदेखि राउटे बस्तीमा प्रवेशमा पनि रोक लगाइएको हो ।

राउटे मुखिया सूर्यनारायण शाहीले राउटे समुदायको असुरक्षा बढेको र अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.