www.tandavnews.com
Fact ~ In search of truth

पोखराका दुई महिलामा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज बिहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा परीक्षण गरिएकोमा पोखरा महानगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित महिलाहरु कुन वडाको भन्ने खुलेको छैन । उनीहरु ३० र ३२ वर्षका रहेका छन् ।

Batas

संक्रमित महिलाहरु संक्रमणबाट ज्यान गुमाएको व्यक्तिको सम्पर्कमा आएको बुझिएको छ ।दुवै महिलाहरु मिति २०७७/०५/०१ गते सेवा अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएकी तनहुँ जिल्ला, ब्यास १, वर्ष ५० कि महिलाको सम्पर्कमा आएका थिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.