www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः मुख्यमन्त्री दाबी गर्न भोली ३ बजेसम्म प्रदेश प्रमुखको आव्हान

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलले नयाँ मन्त्रीमण्डलको लागि आव्हान गरेकी छिन् ।

प्रदेश प्रमुख पौडेलले भोली (शनिबार)दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिकालागि प्रदेशसभा सदस्य समक्ष संविधानको धारा १६८ को उपधारा ९२० बमोजि उक्त आव्हान गरेको प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Batas

अब मुख्यमन्त्रीमा विपक्षी दल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले अन्य दलको सहयोगमा दाबी गर्नेछन् । बिहीबार भएको मतदान मुख्यमन्त्री गुरुङले २७ मत प्राप्त गरेका थिए भने विपक्षीदलहरुले ३० मत प्राप्त गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.