www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस पदाधिकारीको बैठक दिउँसो बुढानीलकण्ठमा बस्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजेपछि बैठक सुरु हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि कसरी अघि बढ्ने भन्ने बारेमा रायसल्लाहका लागि पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

Batas

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने भए पनि अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.