www.tandavnews.com
Fact ~ In search of truth

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट ।

भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।

नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरुको ज्यान जोगिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.