www.tandavnews.com
Fact ~ In search of truth

आज मुलुकका केही नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना

पोखरा
ताण्डव न्यूज ।

लगातारको वर्षाका कारण आज मुलुकका केही नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म पुगेको छ । गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

Batas

पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने र गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च रहेको महाशाखाले जनाएको छ । नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने आज मध्यम जोखिमको सम्भावना छ । कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.