www.tandavnews.com
Fact ~ In search of truth

अन्ततः मनाङबाट पोखरा फर्किन अर्को हेलिकप्टर मगाए मुख्यमन्त्रीले

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अर्को हेलिकप्टरमा पोखरा फर्किने भएका छन् । मुख्यमन्त्री पोखरेल आज दिउसो नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा विमानस्थलबाट मनाङ पुगेका थिए ।

मनाङकै बाढी प्रभावित क्षेत्रहरुमा उद्धार गरिरहेको नेपाली सेनाको हेलिकप्टरलाई मुख्यमन्त्री पोखरेलले पोखरामा होल्ड गराएर केही राहात सामाग्रीसहित अवलोकनका लागि उडेका थिए । मनाङको अवलोकनलगत्तै अर्को हेलिकप्टरमा फर्किन लागेको जनाउँदै मुख्यमन्त्री पोखरेलको आधिकारिक फेसबुक वालमा लेखिएको छ ‘हामी आएको हेलिकोप्टर यहिँ उद्धारमा खटिने भएकाले अर्को हेलिकोप्टरबाट फर्कने तयारीमा छौं ।’

Batas

सम्बन्धित समाचार

उद्धारका लागि खटाइएको ‘हेलिकप्टर होल्ड’ गरेर मनाङ हेर्न गए मुख्यमन्त्री पोखरेल

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.