www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखराका ५ सहित ८ संक्रमितको गुम्यो ज्यान,

कास्कीका४५ सहित ११६ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका ५ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ८ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका ५ र नवलपरासीका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ११६ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ४५, म्याग्दीका ८, पर्वतका ९,लमजुङका ८,तनहुँका १४, बागलुङका १०, स्याङ्जाका २र नवलपरासीका २० जनामा संक्रमण पुष्टि भएको हो ।

६२ महिला र ५४ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५२ हजार ४१४ पुगेको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.