www.tandavnews.com
Fact ~ In search of truth

वन लसुन टिप्न गएका एक बेपत्ता, चारको उद्धार

गोरखा ।

वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

Batas

उनसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताए । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ ।

उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् । मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.