www.tandavnews.com
Fact ~ In search of truth

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त

काठमाण्डौ
ताण्डव न्यूज ।

निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको जनाएको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरूलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई यसअघि जानकारी गराएको थियो । त्यसैका आधारमा आयोगले निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । पदमुक्त भएकामध्ये दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधि रहेका छन् ।

Batas

आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह, महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका हुन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह विसी पनि पदमुक्त हुनुभएको सूचना आयोगले निकालेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.