www.tandavnews.com
Fact ~ In search of truth

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

काठमाण्डौँ
ताण्डव न्यूज ।

बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ४२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । कूल ५ सय ४६ मेगावाट क्षमताको यो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि आजदेखि यही असार १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Batas

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।

यो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत् कटौती हुन सक्ने पनि सूचनामा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.