www.tandavnews.com
Fact ~ In search of truth

चैत्र २० र २१ गते पोखरामा राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यहि चैत्र २० र २१ गते प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

Batas

पोखरा रगंशालामा हुने रेस्लिङ्ग प्रतियोगिता दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।रगंशालाको कर्भडहलमा हुने उक्त प्रतियोगितामा ४ जना महिला रेस्लर सहित २४ रेस्लर बीचको घम्साघम्सी हेर्न पाइने छ ।

आयोजकले दिएको जानकारी अनुसार नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ,एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एमसी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले भिड्ने छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित च्याम्पियन वेल्ट, दोस्रो हुनेले ५० हजारका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिकामा रहनेछन् ।कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति समेत रहने आयोजकले बताएको छ ।

प्रतियोगिता हेर्नको लागि टिकट शुल्क १ सय रुपैयाँ र २ सय रुपैयाँ कायम गरिएको नेपाल रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

रेस्लिङको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्येश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

रेस्लिङ संघले पोखरामा यस अघि दुई वटा प्रतियोगिता सम्पन्न गरिसको छ ।२०७३ साल फागुन १८ गतेदेखि २१ गतेसम्म नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ फागुन १८ गते अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.