www.tandavnews.com
Fact ~ In search of truth

बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा ।

पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ ।

परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको हो ।

Batas

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बन्द हडतालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेशगरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । त्यसैले बन्द हडताल चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिमा राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवनयापनमा भूमिका खेल्दै नागरिकमैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीकाबीच विभिन्न खाले आन्दोलन, बन्द हडतालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ ।

कोभिड–१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हडताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दललाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।

यसैबीच परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । पटकपटक हुने बन्द हडताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निराशा छाएको जनाउँदै परिषद्ले सहज र सरल वातावरणको लागि सरकारसँग आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.