www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : सडक निर्माणमा ढिलासुस्ती गर्ने अल्छी ठेकेदार प्रहरी फन्दामा

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३२ गगनगौंडा स्थित पृथ्वी राजमार्ग सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेपछि प्रहरी फन्दामा परेका छन् ।

निर्माण कार्य चुस्त नहुँदा सवारी आवगमनमा असर र प्रदुषण भएको भन्दै स्थानियले गुनासो गरेपछि ठेकेदारलाई विहीबार कास्की प्रहरीले हिरासतमा लिएको थियो ।

Batas

सिरुवा कन्स्ट्रक्सनका सुरेन्द्र बस्नेतलाई प्रहरीले हिरासतमा लिएको हो । बस्नेतलाई जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशमा पक्राउ गरिएको हो ।

उनलाई आज छाडिएको छ । समयमै काम सम्पन्न गर्ने सर्तमा छाडिएको प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.