www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः आज कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य,तनहुँका २ संक्रमितको मृत्यु

कास्कीका १९४ सहित थपिए ३७९ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

कास्कीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या आज शुन्य रहेको छ । गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लामध्य धेरै संक्रमण र संक्रमणबाट ज्यान गुमाउनेको संख्या कास्कीमा धेरै रहँदै आएकोमा आज भने कुनै संक्रमितले ज्यान गुमाउनु परेन ।

यदपि प्रदेशमा २ संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा तनहुँका २ संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

दुवै संक्रमितको पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचार भईरहेको थियो उपचारकै क्रममा उनीहरुको मृत्यु भएको निर्देशनालयले बताएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३७९जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेकोे अनुसार कास्कीका १९४, मस्ताङका २,म्याग्दीका २१, पर्वतका १०, गोरखाका ९,लमजुङका १४,तनहुँका ४४, बागलुङका २७, स्याङ्जाका १२ र नवलपरासीका ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

१८१ महिला र १९८ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५६ हजार ५७७ पुगेको छ ।

पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा कमी आएको छ ।आज ११६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७७ रहेको छ ।

हाल प्रदेशमा ३ हजार २४२ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ९४४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.