www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले पोखराका विभिन्न ठाउँमा क्षति, पोखरा-६ मा एउटा घर पुरियो

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

गएरातीदेखि भएको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा क्षति भएको छ । पोखराको लेकसाईड, छोरेपाटन, पोखरा २३ हर्पन, २४ खहरे लगायतका ठाउँमा बाढीले क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।  घरमाथिबाट आएको पहिरोले पोखरा महानगरपालिका वडा नं ६ डिहिकोपाटन नजिकैको पधेरामाथि भन्ने ठाउँमा पहिरोले एउटा घर पुरिएको छ ।

स्थानीय बुद्धिमाया परियारको ब्लकले बनेको कच्ची घर भत्किएको छ । घर भत्कीएपछि परियारको परिवारका ७ जना विस्थापित भएका छन् । गएराती करिब १० बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि उनीहरु छिमेकीको शरणमा पुगेका छन् । परियारका ४ छोरा १ बुहारी र एक नातीनि छन् । पहिरोले पुरिएपछि घरमा रहेका भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको परियारले ताण्डव न्यूजलाई बताईन् ।

Batas

त्यस्तैगरी पोखराको वडा नं १७ छोरेपाटन स्थिगत महादेस्वर मार्ग स्थत एउटा घर जोखिममा परेको छ । घर पछाडीको जमिन भासिएपछि उक्त घर जोखिममा परेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । वर्षाकै कारण सिद्धार्थ राजमार्गको कुभिण्डेमा पहिरो खसेको छ । पहिरोपछि विहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो भने केहिवेर अघिबाट एकतर्फी सुचारु गराईएको हमालले बताए ।

अविरल वर्षाकै कारण पोखरा २३ र २४ को खहरे र हर्पन खोलामा आएको बाढीले धान खेत बगाएको छ । त्यस्तै फेवा संरक्षणका लागि बनेका ड्यामहरुमा पानी थुनिएर स्थानीयको धानखेतमा बाढी पसेको स्थानीय प्रेमप्रसाद पराजुलीले जनाएका छन् ।

यसैबीच निरन्तरको वर्षाकै कारण पोखरा १८ स्थित विभिन्न ठाउँमा सडकहरु पहिरोले अवरुद्ध भएका छन् । बाढीपहिरोको क्षतिबारे जानकारी लिन महानगरका उप्रमुख मन्जुदेवी गुरुङ, पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली सहितको टोलीले पोखरा २३ र २४ मा भएको क्षतिबारे स्थलगत जानकारी लिएको छ । बाढीले मानवीय क्षति नभएको प्रवक्ता नेपालीले बताए । ठाउँठाउँमा सडकहरु विग्रेको छ भने बेत्यानी खोलामा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दाहरु समस्यामा परेको उनले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.