www.tandavnews.com
Fact ~ In search of truth

पर्वत विपद् : सुन्दरे खोलाको बाढीले बगाएको हाइलक्स मोदीमा देखियो, इञ्जिनियर र चालक भेटिएनन्

संजय रेग्मी
पर्वत/ताण्डव न्यूज

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर र चालक सहित बढीले बगाएको हाइलक्स गाडी मोदी खोलामा देखिएपछि उद्धारकार्य सुरु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाउँदा गए राती साढे १० बजेदेखि बेपत्ता रहेको हाइलक्स गाडीको केही भाग नदीमा देखिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्य थालेका छन् । गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो ।

Batas

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले सुन्दरे खोला र मोदी मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल रती खोला र मोदी खोलाको सङ्गम स्थलनेर झोलुङ्गे पुल रहेको ठाउँ नजिकै गाडी देखिएको पुष्टि गरे ।

गाडीको केही भाग देखिएको भए पनि गाडीसँगै बेपत्ता रहेका लोक मार्गको आयोजना कार्यालय पर्वतका प्रोजेक्ट म्यानेजर इन्जिनियर राजाराम आचार्य र चालक इन्द्र चौधरीको अवस्थाबारे भने थाहा नभएको उनको प्रहरी निरीक्षक पौडेलले बताए ।

‘रती खोला र मोदी खोला मिसिएको संगमस्थलबाट १० मिटर तल गाडीको अलिकति भाग देखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले डोरी भ¥याङको माध्यमबाट गाडीको रेस्क्यु गर्न सुरु गरेको छ’ उनले भने, ‘गाडीभित्रै परेर बेपत्ता रहनुभएका दुई जनाको अवस्थाका बारेमा केही पनि पत्ता लागेको छैन। गाडीभित्र हुनुहुन्छ की बाहिर त्यो गाडी तान्न सकेपछि मात्र थाहा होला ।’

कुश्मा नगरपालिका–३ दुर्लुङदेखि जम्मा हुँदै आएको पानीको बाढीले छेउमा रहेका किराना पसल र होटेल सहितका पाँच ओटा छाप्राको नामोनिसान नै नदेखिने गरी पुर्नुका साथै बगाएको छ । त्यहाँ विश्व श्रेष्ठ, शकुन्तला भण्डारी, सीमा नेपाली, लक्ष्मी पोखरेल र मीनबहादुर शाहीले पसल सञ्चालन गर्दै आएका थिए । ती पसलहरूभित्र के कति मात्रामा सामानहरू थिए र कतिको क्षति भयो यकिन भएको छैन ।

बाढीले दुई ओटा मोटरसाइकल र एउटा स्कुटर समेत बगाएको छ । तिनीहरू भने क्षतविक्षत अवस्थामा फेला परेका छन् ।

स्थानीय बासिन्दाका अनुसार बाढीमा गाडी सहित परेका उनीहरू दुई जनाले सुन्दरे खोलाको छेवैमा रहेका टहरामा राखिएका पसलमा खाजा खाँदै थिए । सोही बेलामा माथिबाट बाढी उर्लिएर आएको थाहा भयो । त्यो ठाउँमा पाँच ओटा टहरामा पसल गरिएका थिए । ती कुनैको पनि अहिलेसम्म नामोनिसान केही पनि छैन ।

स्थानीय व्यवसायी रुद्र पोखरेलका अनुसार बाढी आएको थाहा पाएपछि पसले तथा त्यहाँ रहेका ग्राहकहरू सबै पैदलमार्फत भागे । तर इन्जिनियर र उनका चालक गाडीमा चढेर भाग्ने प्रयास गर्दागर्दै बाढीले गाडी भेटाइहाल्यो । ‘मैले पनि यहाँको सबै मान्छेहरूबाट सुनेँ की बाढी आएको बेलामा उहाँहरू गाडीमा चढेर भाग्ने प्रयास नगरेको ज्यान बाँचेको हुने थियो । सबै जना दौडेर भागेछन्, उहाँहरू गाडीमा जानुभएछ’ पोखरेलले भने, ‘गाडी खोल्नुप¥यो, ढोका लक गर्नुप¥यो, स्टार्ट गर्नुप¥यो । ती सबै गरुन्जेल ढिला भइसकेछ, बाढीले गाडी भेटिहालेछ, बगाइहालेछ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.