www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा पहिरोले ५ घर बगायो, एकजनाको मृत्यु, एकजना बेपत्ता

पाल्पा ।

पाल्पामा गएरातीदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले ५ घर बगाएको छ । बाढीले एक जनाको मृत्यु भएको छ भने पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिकाको वडा नं. ५ हिउँदेखोला नजिकै पहिरोले पुरेर स्थानीय ४८ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । यस्तै पूजा परियारका चार वर्षीय छोरा आरोब परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

Batas

यस्तै पहिरोले सोही स्थानका ५ घर पुरेको पनि प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.