www.tandavnews.com
Fact ~ In search of truth

बाढीले पुल बगाएपछि पोखरा २३ वासीको पीडा : हामी अलपत्र पर्याैँ, जनप्रतिनिधि भन्छन् : निर्वाह गर्नुस्

जीवन सुवेदी
पाेखरा/ताण्डव

पोखरा १८ र २३ जोड्ने पुल बाढीले बगाएसंगै पोखरा महानगरपालिका वडा नं २३ स्थित मार्की क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

मंगलबार रातीको बाढीले फलामे पुल बगाएसंगै उनीहरु दैनिक कामकाजका लागि गन्तव्यसम्म जान नपाउँदा समस्या भएको स्थानीय मन बहादुर विकले ताण्डव न्यूजलाई बताए ।  “हामी यहाँ तल्लो मार्की र उपल्लो मार्कीमा रहेका करिब २०० घरपरिवार अलपत्र परेका छौँ, पुल भाँचिएसंगै कामकाजमा जान पाएका छैनौै” उनले भने । त्यस क्षेत्रका बासिन्दा पोखरा २४ पामे हुँदै आउने बाटो समेत ठाउँठाउँमा खोलाले बगाएपछि समस्या भएको हो । “ठाडो खोलाहरुले बैकल्पिक बाटो पनि सबै भत्काएको छ हामीलाइ किनमेल गर्न पनि जान समस्या भयो” विकले भने ।

Batas

यस विषयमा पोखरा २३ का वडा अध्यक्ष विष्णु पराजुलीले वर्षायाम नसकिँदा सम्म केहि गर्न नसकिने बताए । “अहिले बल्ल असार चल्दैछ, भदौ असोजसम्म बाढी आउँछ,” उनले भने “तत्काल पुल पुननिर्माण गर्ने अवस्था छैन त्यसैले हाल स्थानीयलाई निर्वाह गर्नुस भनेका छौँ ।”

मार्कीका बासिन्दाले छोटोबाट अपनाउनका लागि अस्थायी रुपमा उक्त पुल निर्माण भएको बताउँदै वडा अध्यक्ष पराजुलीले पामेमा बनेको पक्की पुल हुँदै यात्रा गर्न सुझाव दिए ।

ठाडो खोलामा आएको बाढी नियन्त्रणका लागि वडाले ग्याभीन जालीको व्यवस्थापन गरेको भएपनि स्थानीयले जागरुक भएर काम नगरेको उनको भनाई छ । “सबै काम सरकारले गरिदिन्छ भनेर हुन्छ ? समस्या भएपछि त आफूहरु पनि सक्रिय हुनुपर्याे नि” उनले भने ।

अविरल वर्षापछि खोलामा ठूलो बाढी आएका कारण तत्काल कुनै वैकल्पिक व्यवस्था गर्न सकिने अवस्था नरहेको पोखरा महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उनले भने “अहिले खोला ठूलो छ तत्कालै केहि गर्न सकिने अवस्था छैन, मार्कीका बासिन्दालाई बैकल्पिक बाटो अपनाउन भनेका छौँ” थापाले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.