www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना

पोखरा/ताडव न्यूज

दोस्रा पटक प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावना रहेको छ ।

यही असार २१ मा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते सकिएको थियो । पक्ष, विपक्षका कानुन व्यवसायी, एमिकस क्युरीसहित ८२ जनाले यो मुद्दामा आफ्नो तर्क राखेका थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.