www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचाररत ५ सहित ६ संक्रमितको मृत्यु

कास्कीका १४९ सहित ३४४ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

पोखरामा उपचाररत ५ सहित ६ संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा नवपरासीका १,तनहुँका १, बागलुङका १,म्याग्दीका १,लमजुङका १ र स्याङजाका १ जना रहेका छन् ।यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ८ पुगेको छ ।

Batas

यस्तै २४ घण्टामा ३४४ जना संक्रमित थपिएका छन् ।जसमा कास्कीका १४९,म्याग्दीका ३,पर्वतका १७,गोरखाका ३०,लमजुङका २०,तनहुँका ४३,बागलुङका ५१, स्याङ्जाका १२ र नवलपरासीका १९जना रहेका छन् ।

१६७ महिला र १७७ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५९ हजार ७८५ पुगेको छ ।

यस्तै आज ४४८ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५६ हजार १४६ रहेको छ ।

हाल प्रदेशमा २ हजार ६३१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ४७७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.