www.tandavnews.com
Fact ~ In search of truth

बालुवाटार जग्गा प्रकरण : १० लाख रुपैयाँ धरौटीमा रिहा भए गच्छदार

काठमाडौं ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्कीसहितको इजलासले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Batas

गच्छदारले पटक–पटक उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.