www.tandavnews.com
Fact ~ In search of truth

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै, स्थगित गर्न नेपाल पक्षको माग

पोखरा/ताण्डव न्यूज

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटीको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका हुन । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले ग्वार्कोमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी र दिउँसो संसद भवन नयाँवानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बस्ने सीआईएनलाई जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकमा पार्टी एकताका लागि भएको १० बुँदे सहमति अनुमोदन, नयाँ सरकार गठन, पार्टीभित्रको विवाद र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

Batas

संसदीय दलको बैठकमा भने प्रतिनिधि सभा पुनस्र्थापित भइसकेपछिको पर्सिका लागि बोलाइएको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने सचिव तामाङले जानकारी दिए । आजका दुवै बैठकमा उपस्थितिका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि जानकारी गराएको उनको भनाइ छ । नेपाल पक्षले भने आजका दुवै बैठक स्थगित गर्न माग गरेको छ । नेता तामाङले भने बैठक स्थगित नहुने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.