www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मन्त्रिपरिषद् अपडेट : माओवादी केन्द्रका ३ सांसदको मन्त्री पद पक्का, १ बजे लिदैँछन् सपथ

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेश सरकारमा माओबादीबाट थपिने ३ मन्त्रीले आज सपथग्रहण गर्ने भएका छन् । पार्टीले गरेको निर्णय अनुसार रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक थापाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निश्चित भएको सो पार्टीका सांसद दिपक कोईरालाले जानकारी दिए ।

कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङ चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । थप तीनैजना मन्त्रीको शपथ कार्यक्रम शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बताईएको छ ।

Batas

यसअघि माओवादीबाट लमजुङकी मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले भौतिक पूर्वाधार सहित सामाजिक, पर्यटन र प्रदेश मामिला मन्त्रालय पाएको भएपनि मन्त्रीको नाम अझै टुंग्याएको छैन ।  सरकारमा को को जाने भन्ने निधो नभएकाले नामावली टुंगो लगाउन छलफल चलिरहेको र निर्णय भएपछि आजै दिउँसो शपथ ग्रहण कार्यक्रम हुने मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोईरालाले जानकारी दिए ।

कांग्रेसले सरकारमा पठाउने टुंगो लगाउन नसकेमा माओवादीको तर्फबाट टुंगो लागेका तीनजनालाई मात्रै भए पनि शपथ खुवाउने तयारी भएको बुझिएको छ ।

कांग्रेसले भौतिक मन्त्रालय पाए यसअघि सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका खड्कालाई भौतिकको जिम्मेवारी दिने कांग्रेस निकट स्रोत बताउँछ । बाँकी रहेका तीन मन्त्रालयमा स्याङ्जाका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, दोबाटे विश्वकर्मा, कास्कीका विन्दुकुमार थापा र स्याङ्जाकै भागवत प्रकाश मल्लको नाम चर्चामा छ । गण्डकीमा सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रालय भागवण्डामा कुरा नमिलेको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.