www.tandavnews.com
Fact ~ In search of truth

चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण

ताण्डव
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न ५ ठाउँमा थप मचान ‘वाच टावर’ निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए ।

‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका छौँ’, चौधरीले भने, ‘निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्छ ।’

झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेलापरेको थियो । त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीलाई निरन्तररुपमा अगाडी बढाउँदै आएको छ ।

Batas

निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट निर्माण गरिएका छन् । निकुञ्ज कार्यालयका १५ पोष्ट रहेका छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.