www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर फेरि बढ्न थाल्यो कोरोनाका कारण मृत्यु हुनेको संख्या

एजेन्सी ।

विश्वभर नोबेल कोरोना भाइरसका कारण सङ्क्रमितको संख्या बढ्न थालेसँगै यसका कारण मृत्यु हुनेको सङ्ख्या पुनः बढ्न थालेको छ । वल्र्डोमिटरका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ४० लाख ८२ हजार ५ सय ७७ पुगेको छ । बिहीबार कोरोनाका कारण विश्वमा ८ हजार ७२४, बुधबार ८ हजार १ सय १३ र मंगलबार ६ हजार ४९४ जनाको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.