www.tandavnews.com
Fact ~ In search of truth

सवारी लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

पोखरा,
ताण्डव न्यूज ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा कोटा प्रणाली हटाएको छ ।

लाइसेन्सको अनलाइन आवेदन दिन सास्ती हुने भएपछि विभागले आजबाट कोटा प्रणाली हटाएको हो । अब जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने छन् । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट जति पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।

Batas

यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरूले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे ।

अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.