www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा संघ नेपाल गण्डकीको कार्यालय उद्घाटन

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । आज (शनिबार) एक समारोहका बिच गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको उद्घाटन गरेका हुन् ।

पोखरा-९ स्थित कार्यालय परिसरमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका गुरुङले देशको युगान्तकारी परिवर्तनमा उल्लेखनिय योगदान रहेको बताए । उनले युवाहरुलाई रचनात्मक तवरले वर्तमान राजनीतिक चलखेलको प्रतिकार गर्न समेत सुझाए । ‘अब पुत्ला जलाएर हुँदैन, त्यो फेज आउट भैसक्यो । अब भएका गलत कुराहरु, के कारणले गलत भयो ? कसरी गलत भयो ? त्यो जनतालाई बुझाउन आवश्यक छ’ उनले भने ।

Batas

गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले युवा एकतालाई थप सुदृढ गराउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले केन्द्र देखि स्थानिय तहसम्मका संगठनमा उमेर हद तोक्नुपर्ने बताए । ‘अब उमेर हद पनि तोकिनुपर्छ । पार्टी संगठनलाई थप मजबुद र चलायमान गराउन यसले महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।’ उनले भने ।

समारोहमा बोल्दै राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक महेन्द्र गुरुङले युवा संघका कार्यक्रमहरु ध्वंसात्मक नहुने स्पष्ट पारे । देशमा राजनीतिक स्थायीत्व स्थापनार्थ युवा संघले अब रचनात्मक कार्यक्रमहरु गर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता र सम्बद्ध संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.