www.tandavnews.com
Fact ~ In search of truth

मनाङ अनुगमनमा सेनाको प्राविधिक टोली

मनाङ ।

गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ ।

मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्रविधिकको टोलीसहित मनाङ पुगेका छन् ।

Batas

पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधि टोलीसहित गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का तथा समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका हुन् ।

टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिए । साथै सो टोलीले विभिन्न समयमा आएको बाढीपहिराले अवरुद्ध रहेको बेंसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

“लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्रयाक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माणमा गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उनले भने । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोली बेंसीशहर–चामे सडकखण्डको नयाँ ट्रयाक खोल्न खटिने जनाइएको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.