www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन व्यवसायीलाई खोप दिन पहल गर्छुः अर्थमन्त्री बराल

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि पाँच हजार खोप ब्यवस्थापन गर्ने बताएका छन्

पोखराका पर्यटन व्यवसायीहरुले अर्थमन्त्री बराललाई मंगलवार मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन ब्यबसाय तँग्रिने जानकारी गराएका थिए । अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यवसायीलाइ गराए । पोखरा पर्यटन पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थमन्त्रालय पुगेर अर्थ मन्त्री बराललाइ बधाइ दिदै व्यबसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाइ राहत दिन आग्रह गरे ।

Batas

मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । उनले भने ‘यतिवेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं जनताको आवश्यकताको आधारमा हामीले प्रथामिकता दिने छौं ।’ परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले आफुहरुलाई हाल पहिलो चरणमा होटल तथा रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीहरुलाई लक्षित गरी ५ हजार कोरोना विरुद्धको खोप आवश्यक भएको बताए ।

गण्डकी प्रदेश सरकारले अघिल्लो बर्षमा ल्याएको एक अर्बको व्यवसायीक जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुचमा नभएको उनले दाबी गरे । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ बर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालीकालाई पुनतालीर्कीकरण गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन्।

नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नितीमा आगामी आर्थिक बर्ष २०७८-०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रको रुपमा संबोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पईटन उद्योगमा अनिवार्य लगानी गर्ने गरुी व्यबस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताए ।

अग्रज पर्यटन व्यवसायी अग्नी कंडेल, वासी त्रिपाठी, टिकाराम सापकोटा लगायतले यो बर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसंग माग गरे । पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिन समेत पर्यटन व्यवसायीहरुले माग गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.