www.tandavnews.com
Fact ~ In search of truth

जोन्सन खोपबारे स्वास्थ्य मन्त्रालयद्धारा आधिकारिक जानकारी सार्वजनिकःयी अवस्थामा खोप लगाउन नहुने

काठमाडौं/ ताण्डव न्यूज ।

सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ ।

कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असरका बारेमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्न गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी मार्गदर्शन नै सार्वजनिक गरेको हो ।

Batas

अमेरिकाले हालै नेपाल सरकारलाई साढे १५ लाख उपलब्ध गराएको यो खोप विभिन्न समूहलाई सरकारले लगाएको छ भने यसको प्रभावकारिताका बारेमा अनेकन हल्ला चलेका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनः

कस्तो अवस्थामा खोप लगाउने?

–१८ वर्षमाथिका सबै उमेर समूह,

–स्तनपान गराइरहेका महिला,

–विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार गर्भवती महिला,

–३५ वर्ष उमेर वा सोभन्दा माथिका गर्भवती महिला,

–अत्यधिक तौल भएका महिला गर्भवती भएमा,

–गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह,

–कोभिड–१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्ति ।

कस्तो बेलामा खोप नलगाउने ?

–पहिला अन्य कुनै पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया (सिरियस एलर्जीक रियाक्सन) वा एनाफाइलेक्सि भएका व्यक्ति,

–यो खोपको कुनै पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदिबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति,

–१८ वर्षभन्दा कम उमेरका व्यक्ति,

–पहिला अन्य कुनै पनि कोभिड–१९ को खोप लगाइसकेका व्यक्ति,

–कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ,

–प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन । तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ,

–हाल कोभिड–१९ संक्रमण भएको व्यक्ति। तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ ।

विशेष निगरानीमा खोप दिन सकिने अवस्थाः

रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिई राख्नुभएका व्यक्तिलाई विशेष निगरानी वा परामर्श जरुरी हुन्छ

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.