www.tandavnews.com
Fact ~ In search of truth

नेपाल स्काउट गण्डकी प्रदेश कार्यालय पोखरामा उद्घाटन

पोखरा /ताण्डव न्यूज ।

नेपाल स्काउटको गण्डकी प्रदेश कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनमा निर्मित उक्त भवनको विहिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले भवन उद्घाटन गरेका हुन् ।

Batas

उद्घाटनपछि बोल्दै भण्डारीले भवन निर्मार्णको काम गरेर गण्डकी प्रदेश समितिले ऐतिहासिक काम गरेको बताए । समाज रुपान्ततरणमा स्काउटको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले सरकारले पनि स्काउट अभियानको मर्म बुझेर सोही अनुसार बजेटको व्यवस्था गरिरहेको उल्लेख गरे । उनले १६ वर्ष मुनिका सबै बालबालिकालाई स्काउटको तालिम गराउनुपर्नेमा जोड दिए । विद्यालय तहमा पुगेर स्काउट अभियानलाई तीव्रता दिन उनले आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य शिवबहादुर भण्डारीले २५ लाखको लागतमा भवन निर्माण भएको जानकारी दिँदै थप २५ लाख बजेट समेत कार्यालयका लागि प्राप्त हुने चरणमा रहेको बताए । उनले कार्यालय स्थापना पछि हरेक स्काउट गतिविधिमा सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल स्काउट प्रधान कार्यालय निर्देशक राम प्रसाद भट्टराईले हाल भवन रहेको जग्गा स्काउटको स्वामित्वमा ल्याउने प्रयास भैरहेको बताए । सो अवसरमा पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली, पूर्व राष्ट्रिय सचिव हेरम्ब प्रसाद कोईराला, सल्लाहकार शारदा पराजुली लगायतले बोलेका थिए । कार्यक्रम गण्डकी प्रदेश संयोजक आशिर्वाद सुवेदीको अध्यक्षतामा भएको थियो ।

यसैबीच गण्डकी प्रदेशका विभिन्न पालिकाका स्काउट संयोजकहरुको शपथग्रहण पनि विहिबार नै सम्पन्न भएको छ । उनीहरुलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले शपथ गराएका हुन् । कार्यक्रममा बोल्दैँ गण्डकी प्रदेशका सांसद राजीव पहारीले यूवाहरुका लागि स्काउट बृहत अभियान भएको बताए ।

उनले विभिन्न कठिन परिस्थितिमा समाज सेवाका लागि स्काउट जुझारु रुपले लागिरहेको भन्दै अझ बलियो र संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.