www.tandavnews.com
Fact ~ In search of truth

गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई उत्कृष्ट प्यानडामिक डकुमेन्ट्री पुरस्कार

काठमाडौं ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरे । त्यसैगरी उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’ का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ ।

Batas

उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष) मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिए ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.