www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री टुङ्ग्याउन माओवादी केन्द्रको बैठक बस्दै

काठमाण्डौ/ताण्डव न्यूज

सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल गरी निर्णय लिइने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सम्भवतः आज सरकारमा जाने मन्त्रीको नामावली प्रधानमन्त्री देउवालाई बुझाइने छ ।

Batas

नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने बारेमा खासै विवाद नरहेको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् । केही दिनअघि पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जानका लागि सबै सांसदले आकाङ्क्षा देखाएका कारण मन्त्रीको बारेमा निर्णय लिन आफूलाई समस्या भएको बताएका थिए ।

देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भैसकेका छन् । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.